४ आश्विन २०८१, शुक्रबार

थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त (फोटोसहित)

प्रकाशित मिति :  28 November, 2022 4:30 pm


काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथली स्थित बाग्मती किनारामा रहेको सुकुम्बासी बस्ती हटाउन खोज्दा स्थिति तनावग्रस्त बनेको छ । सोमबार महानगरले ठूलो संख्यामा प्रहरी परिचालन गरी हटाउन खोज्दा उक्त स्थानमा बसोबास गर्दै आएका व्यक्तिहशरूले प्रतिकार गरेपछि स्थिती तनावग्रस्त बनेको हो ।

सुकुम्बासी बस्तीमा बसोबास गरिरहेका व्यक्तिहरुको बैकल्पिक व्यवस्थाविना नै महानगरले हटाउन खोजेको भन्दै ढुंगामुढा गरेका हुन् ।
घरेलु हातहतियार सहित प्रतिकारमा उत्रिएका उनीहरूले महानगरका मेयर र गृहमन्त्रीविरुद्ध नारावाजी गरिरहेका छन् ।
प्रर्दशनकारीले ढुंगा हान्दा महानगरका प्रमुख एसपी राजु पाण्डेको टाउको फुटेको छ भने २५ जना भन्दा बढी नगरप्रहरी घाइते बनेको महानगरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !