२० असार २०८१, बुधबार

कोरोना भाइरसका कारण विश्वभर मर्नेको संख्या ५९ हजार,झण्डै ११ लाख संक्रमित

प्रकाशित मिति :  4 April, 2020 8:15 am


Medical personnel work at an RV park at Dockweiler State Beach where some coronavirus patients are being quarantined, Friday, April 3, 2020, in Los Angeles. The new coronavirus causes mild or moderate symptoms for most people, but for some, especially older adults and people with existing health problems, it can cause more severe illness or death. (AP Photo/Mark J. Terrill)

 

एजेन्सी, २१ चैत ।

कोरोना भाइरसका कारण विश्भर मर्नेको संख्या ५९ हजार पार गरेको छ ।

जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो आँकडा अनुसार विश्भर मर्नेको संख्या ५९ हजार १ सय ३१ पुगेको छ । झण्डै ११ लाख मानिस संक्रमित बनेका छन् । अमेरीकी समाचार संस्था सीएनएनका अनुसार अमेरिकामा मत्रै संक्रमितको संख्या २ लाख ७५ हजार पुगेको छ भने ७ हजार ४ सयले ज्यान गुमाएका छन् ।

सबैभन्दा प्रभावित न्यूयोर्क राज्य बनेको छ । लस एजलस्मा मात्रै पछिल्लो ४८ घण्टामा १ हजार कारोना भाइरसका संक्रमित देखिएका छन् । कोरोका कारण सबैभन्दा धेरै मृत्यु इटलीमा भएको छ जहा अहिलेसम्म १४ हजार ६ सय ८१ ज्नाको मृत्यु भएको छ । इटलीपछि स्पेन र अमेरीकामा सबैभन्दा धेरैले ज्यान गुमाएका छन् ।

छिमेकी मुलुक भारतमा समेत संक्रमितको दर बढ्दै गएको छ । अहिलेसम् मभारतमा २५ सय ४७ जना संक्रमित भएको पुष्टि भएको छ भने ६२ जनाले ज्यान गुमाएका छन् ।



प्रतिक्रिया दिनुहोस !