सुनको मूल्यमा सामान्य गिरावट, चाँदी स्थिर
प्रकाशित मिति : 29 November, 2022 11:24 am
काठमाडौं । नेपाली बजारमा आज छापावाला सुनकाे मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलाको १०० रुपैयाँले घट्दै तोलाको ९७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९६ हजार ९०० रुपैयाँ तोकिएको छ ।
आज मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघको जानकारी अनुसार सोमबार १२८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य स्थिर रही सोही मूल्यमानै कारोबार हुने महासंघले जनाएको छ ।