४ आश्विन २०८१, शुक्रबार

धनुषा क्षेत्र नम्बर –४मा एमालेका हरिनारायण महतो विजयी

प्रकाशित मिति :  29 November, 2022 1:33 pm


धनुषा । मधेश प्रदेशसभातर्फ धनुषा क्षेत्र नम्बर ४ (२) मा नेकपा एमालेका हरिनारायण महतो बिजयी भएका छन् । मधेश प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोलाई हराउँदै हरिनारायण निर्वाचित भएका हुन् ।

विजयी भएका एमाले उम्मेदवार महतोले १७ हजार ३०२ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी मन्त्री शत्रुधनले १५ हजार ९६० मत पाए । हरिनारायण मिथिला नगरपालिकाका पूर्वमेयर समेत हुन् ।



प्रतिक्रिया दिनुहोस !