६ आश्विन २०८१, आइतबार

कैलालीका जयबहादुरकाे अफ्रिकन स्वाइन फिभरका कारण करोडौंको क्षति

प्रकाशित मिति :  30 November, 2022 7:58 am


काठमाडौं । कैलालीको भजनी नगरपालिका वडा नम्बर ३ मा अफ्रिकन स्वाइन फिभरका कारण ९५ लाख २० हजार बराबरको क्षति भएको छ । बडिमालिका कृषि प्रवर्धन केन्द्र प्रा लिका संचालक जयबहादुर बुढाको ४सय ८२ बंगुर मध्ये अफ्रिकन स्वाइन फिभरका कारण ४ सय १२ वटा बंगुरको मृत्यु भएको हो । त्यस्तै रोग फैलिन नदिन ७० वटा बंगुरलाई डिस्पोज गरिएको थियो जसमा करिब ६९ लाख १० हजार बराबरको क्षति भएको भजनी नगरपालिका पशु सेवा शाखाले जनाएको छ ।

त्यसैगरी भजनी नगर कार्यपालिकाले कार्तिक २४ गते प्रदेश सरकार, संघीय सरकार तथा सरोकारवाला निकायसँग अफ्रिकन स्वाइन फिभरले पारेको क्षतिपूर्तिको माग तथा बंगुरपालन पर्वद्धनका लागि सहयोग गर्ने निर्णय भएको पालिकाको पशु सेवा शाखाले जानकारी दिएको छ ।

बुढाले व्यावसाय संचालन गर्न बैंकबाट ६५ लाख कर्जा लिएका थिए ।



प्रतिक्रिया दिनुहोस !