११ कार्तिक २०८१, आइतबार

दोलखाका १० मतदान केन्द्रमा आज पुनः मतदान

प्रकाशित मिति :  1 December, 2022 7:42 am


काठमाडौं । दोलखाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान भएको छ । बुथ कब्जा भएको भन्दै विवाद हुँदा स्थगित भएको मतदान आज पुनः सुरु भएको हो ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । १० मतदान केन्द्रमा कुल ८ हजार ५१४ मतदाता रहेका छन् ।

पुन मतदान गराउने निर्वाचन आयोगको निर्णयअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार बिहान बैठक बसेर आजका लागि मतदानको मिति तोकेको थियो ।

वैतेश्वर र गाउँपालिका वडा नम्बर ६ वैतेश्वर मावि मतदान केन्द्र क,ख र ग मा पुनः मतदान शुरु हुँदैछ ।

त्यस्तै वैतेश्वर गाउँपालिका वडा नम्बर २ जनज्योति माविका दुई मतदान केन्द्र र तामाकेशी गाउँपालिका ३ जफे हेल्थपोष्ट मतदान केन्द्रका दुई बुथमा पनि पुनः मतदान हुँदैछ भने बैतेश्वरकै कालिढुंगा माविका क, ख र ग सहित १० मतदान केन्द्रमा पुनः मतदान शुरु हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !