२० असार २०८१, बुधबार

थप तीन जनामा कोरोना संक्रमणको पुष्टि, नेपालभित्रै रहेकी एक महिला समेत संक्रमित

प्रकाशित मिति :  4 April, 2020 1:28 pm


काठमाण्डौं, २२ चैत । सरकाले थप तीन जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले नयाँ तीन जना संक्रमित भेटिएको जानकारी गराएको हो । मन्त्रालयले भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ बर्षीय पुरुष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ बर्षीय पुरुष र कैलालीको ३४ बर्षिय एक महिलामा संक्रमण भेटिएको मन्त्रालयलय पुुष्टि गरेको छ ।

संक्रमित महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरुको आफन्त हुन ।

यससँगै नेपालभित्रै रहेको व्यक्तिमा पहिलो पटक कोरोना भेटिएको हो । यसअघि सबै विदेशबाट आएका व्यक्तिमा मात्रै कोरोनाको संक्रमण देखिएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !