सेञ्चुरी बैंकको लाभांश घोषणा
प्रकाशित मिति : 1 December, 2022 12:05 pm
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ ।
बुधवार भएको कम्पनि सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित उक्त लाभांश मध्ये ४.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.२५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले प्राप्त गर्न सक्नेछन् ।