२७ पुस २०८१, शनिबार

बाजुरामा मुचुल्काभन्दा ४० बढी मत भेटिएपछि मतगणना रोकियो

प्रकाशित मिति :  2 December, 2022 9:52 am


फाइल फाेटाे

बाजुरा । बाजुराको मतगणना फेरि स्थगित भएको छ । मतगणनामा मुचुल्का भन्दा बढी मत भेटिएपछि रोकिएको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जनाकारी दिए।

बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका भइरहदा मुचुल्का भन्दा ४० बढी मत पाइएको थियो ।

यहाँ एमालेका पूर्व मन्त्री कर्ण थापा र कांग्रेसका सह महामन्त्री बद्री पाण्डे चुनावी मैदानमा छन् । पाण्डेले ५ हजार ३९९ मत पाउँदा थापाले ४ हजार १३० मत ल्याएका छन् । पछिल्लो परिणाम अनुसार पाण्डेले १ हजार २६९ मतको अगाडि छन् ।

मङ्सिर ४ गते धाँधली भएको विवादले रोकिएको गणना हिजो १२ दिन पछि सुरु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !