४ आश्विन २०८१, शुक्रबार

भक्तपुरको ठिमीमा चार तलामाथिबाट खसेर एक जनाको मृत्यु

प्रकाशित मिति :  2 December, 2022 10:34 am


भक्तपुर । भक्तपुरको ठिमीमा चार तलामाथिबाट खस्दा एक जनाको मृत्यु भएको छ। बिहीबार साँझ मध्यपुरठिमी नगरपालिका(६ मिलरोडस्थित एक घरको चार तलाबाट खसेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।

भुवन श्रेष्ठको घरको चार तलामाथिबाट खसेका उनका १७ वर्षीय छोरा भूमिनलाल खसेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारको लागि नागरिक अस्पताल ठिमी पुर्याइएको थियो । उनको उपचारको क्रममा बिहिबार बेलुका ७ बजेनै मृत्यु भएको पाण्डेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !