४ आश्विन २०८१, शुक्रबार

स्याङ्जा २ (क) मा कांग्रेसका भोजराज अर्याल विजयी

प्रकाशित मिति :  2 December, 2022 1:23 pm


स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ (क) मा नेपाली काँग्रेसका भोजराज अर्याल विजयी भएका छन् । अर्यालले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मोहन प्रसाद रेग्मीलाई दुई हजार ७३० मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

अर्यालले १५ हजार १६१ मत ल्याएका छन् भने रेग्मीले १२ हजार ४३१ मत प्राप्त गरेका छन् । रेग्मीले २०७४ सालमा सोही क्षेत्रबाट ३ हजार बढी मतान्तरले विजयी भएका थिए । विवादका कारण मतदान भएको ११ दिन पछि यो क्षेत्रका मतगणना भएको हो ।

स्याङ्जा २ मा गल्याङ नगरपालिकाको वडा नम्बर ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नम्बर ५, ६, ७ र ८ र वालिङ नगरपालिकाका १,२,५,६,७ ८ ९,१०,११,१२,१३ र १४ नम्बर वडा पर्दछन् ।



प्रतिक्रिया दिनुहोस !