२० असार २०८१, बुधबार

विप्लव नेतृत्वको नेकपाले भन्यो,‘कोरोनाविरुद्ध हामी सबै शक्तिसँग सहकार्य गर्न तयार छौं’

प्रकाशित मिति :  4 April, 2020 5:39 pm


????????????????????????????????????

काठमाण्डौं, २२ चैत ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै शक्तिसँग सहकार्य गर्न तयार रहेको बताएको छ ।
महासचिव विप्लवले आज विज्ञप्ति जारी गर्दै बर्तमान सरकारले कोरोना संक्रमण रोक्न र जनतालाई आश्वस्त पार्न नसकेको भन्दै आफ्नो पार्टी सबैशक्तिसँग सहकार्य गर्न तयार रहेको बताएका हुन् ।

विप्लवको विज्ञप्तिमा भनिएको छ,‘ कोरोना भाइरसविरुद्धको संघर्षमा सबै शक्तिसँग सहकार्य गर्न हाम्रो पार्टी तयार छ ।’ पार्टी कार्यकर्ता र जनसेनाहरु हाल आफ्नो क्षेत्रबाट कोरोना भाइरसविरुद्धको संघर्षमा सहभागि बनिरहेको महासचिव विप्लवको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना महामारीविरुद्ध ६ बुँदे पार्टीको प्रतिबद्धता र १६ बुँदे सरकारका लागि सुझाव दिदै महासचिव विप्लवको विज्ञप्तिमा यस्तो बेला आकुलव्याकुल भएको समयमा पनि सरकारी स्तरबाट भएको भ्रष्टाचारको भण्डाफोर जारी राख्ने उल्लेख छ ।

भाइरसविरुद्धको संघर्षमा व्यक्त पुँजीवादी अराजकता,सामाजिक सद्भाव विथोल्ने र जनअुनत्तरदायी शैलीका विरुद्ध समाजवादी अनुशासन,जनसेवा र जनएकतालाई पार्टीले प्रोत्साहित गर्नेपनि विप्लवको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिको पूरा पाठ:



प्रतिक्रिया दिनुहोस !