४ आश्विन २०८१, शुक्रबार

सुनको मूल्य लाखको नजिक

प्रकाशित मिति :  5 December, 2022 11:21 am


काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलाको ४०० रुपैयाँले बढेर तोलाको तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघको जानकारी अनुसार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १३८५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य तोला ९९ हजार ५०० र चाँदी प्रतितोला १३७० रुपैयाँ रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !