२ कार्तिक २०८१, शुक्रबार

विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६४ हजार ७ सय,इटली र स्पेनमा केही राहत

प्रकाशित मिति :  5 April, 2020 8:18 am


 

एजेन्सी, २३ चैत ।

विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६४ हजार ७ सय पुगेको छ । जसमध्य १५ हजारको मृत्यु इटलीमा मात्रै भएको छ । पछिल्लो तथ्याङक अनुसार संक्रमण हुनेको संख्या १२ लाख भन्दा धेरै भएको छ ।

अमेरीकामा मात्रै पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १२ सय २४ जनाको मृत्यु भएको छ । यो सँगै अमेरीकामा मर्नेको संख्या ८ हजार ४ सय पुगेको छ । संक्रमण र मृत्युदर तिब्र बढ्न थालेपछि अमेरीकाले सबैभन्दा प्रभावित न्यूयोर्क शहरमा सेनाको मेडिकल टिम परिचालन गर्ने निर्णय गरेको छ ।

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्कमा एक हजार सैन्य मेडिकलकर्मी परिचालन गर्न लागेको जानकारी अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।

न्यूयोर्कमा मात्रै पछिल्लो २४ घण्टामा ६ सय ३० जनाको मृत्यु भएको छ । र साढे ३ हजारको मृत्यु भइसकेको छ । न्यूयोर्कका शहरका मेयर बिल डे ब्लासियाले झण्डै ४५ हजार अतिरिक्त मेडिकलकर्मीको आवश्यकता रहेको बताएका छन् ।

इटली र स्पेनमा केही राहत

कोरान भाइरसबाट सबैभन्दा प्रभावित इटली र स्पेनमा पहिलो पटक संक्रमणको संख्या कम देखिएको छ । स्पेनमा पछिल्लो १० दिनमा सबैभन्दा कम संक्रमण भएको हो । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेन्जले स्पेन अब महामारी नियन्त्रणको चरणमा गएको छ । इटलीमा कोरोनाका कारण मर्नेको संख्यामा केही कमि देखिएको छ ।

पहिलोपटक आइसियुमा रहेका विरामी मर्ने संख्यामा कमी आएको हो । यो संगै इटली र स्पेन अब कोरोना भाइरस विरुद्ध सक्षम हुँदै गरेको विश्लेषण अन्तराष्ट्रिय सञ्चार माध्यमले गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !