५ आश्विन २०८१, शनिबार

क्यान महासंघ बागमती प्रदेशको अध्यक्षमा पुष्पराज पुडासैनी

प्रकाशित मिति :  10 December, 2022 7:34 pm


काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बागमती प्रदेशको अध्यक्षमा पुष्पराज पुडासैनी चयन भएका छन् ।

नुवाकोटमा शुक्रबार भएको बागमती प्रदेशको छैठौ साधारण सभाले पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो ।

उपाध्यक्षमा सन्तोषजनक भुसाल,सचिवमा किरण श्रेष्ठ, कोषाध्यक्षमा विकास पन्त र सदस्यमा तिलक सिम्खडा चयन भएका छन् ।

कमिटीमा प्रदेशभित्र पर्ने जिल्ला मकवानपुर,चितवन, धादिङ, दोलखा सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे,नुवाकोट, रामेछाप र रसुवाका जिल्ला अध्यक्षहरु पदेन सदस्य रहने साधारण सभामा अतिथि रहेका क्यान महासंघका केन्द्रीय उपाध्यक्ष रञ्जित पोद्दारले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !