६ आश्विन २०८१, आइतबार

अर्थतन्त्र सुधारका लागि कृषिमा आधारित औद्योगिकीकरण आवश्यक छ : पूर्व अर्थमन्त्री पाण्डे

प्रकाशित मिति :  13 December, 2022 11:18 am


काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले वर्तमान आर्थिक अवस्थालाई सुधार गर्न कृषिजन्य उत्पादनमा आधारित उद्योग स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको आयोजना र जिआई जेटको सहयोगमा सुरु भएको २ दिने कार्याशाल गोष्टिमा बाेल्दै पाण्डेले कृषि जन्य उत्पादनलाई उद्योग मार्फत प्रशोधन गरेर बजार पठाउनसके किसानको जीवनस्तरमा सुधार आउने र अर्थतन्त्र सुधारमा सहयोग पुग्ने बताए ।

उनले कृषि तथा पशुपालन क्षेत्रमा विकास भएको प्रविधिलाई नेपालमा पनि प्रयोग गर्न सकिने भन्दै उत्पादन, बजारीकरण र उद्यमशिलताको विकासका गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय आत्मनिर्भताका लागि कृषि र पशुपालनजन्य उत्पादन बढाउनुको विकल्प नरहेको भन्दै पूर्व मन्त्री पाण्डेले किसानका लागि पालिकास्तरबाट सहयोग आवश्यक रहेको बताए ।

अहिले नेपालका अधिकासं किसानहरुले मलको अभावका कारण राम्रो उत्पादन र आम्दानी गर्न नसकिरहेको अवस्थामा यस समस्याको समाधानका विषयमा केन्द्रीय संघले भूमिका खेल्न सक्ने पाण्डेको भनाइ छ ।

किसानहरुलाई सिप, पुँजी, प्रविधि दिने र उत्पादित वस्तुको बजारको सुनिश्चितता गर्न सक्ने वातावरणका बनाउने नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

यसैगरी कार्यक्रममा बाेल्दै नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष खेम बहादुर पाठकले कृषिजन्य बस्तुको बजारीकरण अहिलेको प्रमुख समस्या रहेको बताए । प्रविधिको प्रयोग गर्दै कृषिलाई उद्यमसँग जोड्न सके कृषिप्रतिको वर्तमान नकारात्मक सोच बदल्न सहयोग पुग्ने अध्यक्ष पाठकले दावी गरेका छन् ।

अबको केही समयमै ७ सय ५३ वटै पालिकामा कृषि सहकारीहरुको सञ्जालिकरण गर्ने र सहकारी मार्फत उत्पादिन बस्तुको बजारीकरणका लागि पहल गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.का महाप्रवन्धक रुद्र भट्टराईले राजनीतिक र प्रशासनिक नेतृत्वको सकारात्मक सोचले असम्भव कामलाई पनि सम्भव बनाउन सहयोग पुग्ने बताए । नेपालका ग्रामीण क्षेत्रका साना किसानहरुको जीवनस्तर सुधार गर्दै आर्थिक गतिविधि चलायमान बनाउन ग्रामीण क्षेत्रका सहकारी संघ, संस्थाहरुले खेलेको भूमिका नेपालका लागि मात्र नभएर दक्षिण एसियाकै लागि नमुना बनेको बताए ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ लि ले साना किसानहरुको जीवनस्तर सुधार गर्दै ग्रामीण क्षेत्रको अर्थतन्त्र चलायमान बनाउन काम गर्दै आएको छ । संघले यही कार्यक्रम मार्फत आफ्नो १० वर्षे रणनीति समेत निर्माण गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !