११ कार्तिक २०८१, आइतबार

गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा पाण्डे निर्वाचित

प्रकाशित मिति :  14 December, 2022 12:07 pm


काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा नवलपरासी जिल्ला हुप्सेकोटकी पालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे निर्वाचित भएकी छिन् ।

काठमाडौंमा मंगलबार (हिजाे) सम्पन्न महासंघको तेस्रो महाधिवेशनबाट पाण्डे ५ वर्षे कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । यस्तै उपाध्यक्षमा जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही चयन भएका हुन् ।

महासचिवमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा चयन भएका हुन् । त्यस्तै सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवार निर्वाचित भएकी छन् । कोषाध्यक्षमा अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट चयन भएका छन् ।

पदाधिकारी सहित ३६ सदस्यीय महासंघको कार्यसमिति चयन भएको छ । जसमा गाउँपालिकाका अध्यक्ष २७ जना छन् भने ९ जना गाउँपालिकाका उपाध्यक्ष र एक जना वडा सदस्य कार्यसमितिमा आएका छन् ।

महाधिवेनबाट आगामी पाँच वर्षको लागि महासंघको नयाँ नेतृत्वको चयन भएको हो ।



प्रतिक्रिया दिनुहोस !