२३ भाद्र २०८१, आइतबार

डेभिजफल्स ड्राइभिङ स्कुलले गर्याे नवनिर्वाचित गण्डकी प्रदेश सभा सदस्य बराललाई सम्मान

प्रकाशित मिति :  14 December, 2022 5:16 pm


काठमाडौं । डेभिज फल्स ड्राइभिङ स्कुल एण्ड प्रिटेष्ट प्रालिले कास्की क्षेत्र नम्बर ३ (ख) बाट विजयी प्रकाश बराललाई सम्मानित गरेको छ । ड्राइभिङ स्कुलका सल्लाहकार समेत रहेका बराललाई बुधबार एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नन्द प्रसाद आचार्यले जनताको मतको कदर गरी समग्र गण्डकी प्रदेशको बिकास निर्माणमा अगाडि बढ्न नव निर्वाचित सांसद बराललाई आग्रह गरेका थिए । त्यस्तै सांसद बरालले आफुहरु प्रदेशको निती निर्माणको तहमा पुगेपनि निति निर्माण संगै आफ्नो निर्वाचन क्षेत्रको समग्र बिकासको पक्षमा लाग्ने बताए ।

आफ्नो निर्वाचन क्षेत्र पोखरा महानगरपलिकाको वडा नम्बर ५ देखि कास्कीको माछापुच्छ्रे हिमालको फेदीसम्म पर्ने भएकाले निर्वाचनका बेला जनताको घरमा पुगेर दिएको आश्वसनलाई ब्यवहारमा लागु गर्ने र अहिले निर्वाचित भएर बधाई थाप्ने र अबको पाँच बर्ष जनताले सम्मान गर्ने गरी काम गर्ने बताए ।

त्यस्तै डेभिजफल्स ड्राइभिङ स्कुल तथा प्रिटेस्ट सेन्टरका अध्यक्ष तुल बहादुर ठकुरीले नवनिर्वाचित प्रदेश सभा सदस्य प्रकाश वरालको उज्जवल भविष्यको कामना गर्दै जनताको सुख दुखमा हातमा हात साथमा साथ दिएर काम गर्न आग्रह समेत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !