२३ भाद्र २०८१, आइतबार

रियल मड्रिडको प्रशिक्षण मैदानमा रोनाल्डो

प्रकाशित मिति :  15 December, 2022 1:26 pm


काठमाडाैं । क्रिस्टियानो रोनाल्डो यसै साता रियल म्याड्रिडको प्रशिक्षण केन्द्रमा देखिएका छन् ।

पाँच पटकको बालोन डी’ओर विजेता पोर्चुगल विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएपछि हालै कतार छाडेका थिए । क्लब छोडेको चार वर्षपछि पहिलोपटक रियल मड्रिडको भाल्डेबेबास प्रशिक्षण मैदानमा फर्किएका हुन्।

स्पेनिस आउटलेट रेलेभोका अनुसार पोर्चुगिज स्टारले रियलले दिएकाे सुविधामा एक्लै प्रशिक्षिण लिएका हुन् । विश्वकपबाट बाहिरिएपछि उनी नयाँ क्लबको खोजीमा छन् । फ्रि एजेन्ट भए पनि रोनाल्डोलाई जनवरी ट्रान्सफर विन्डो नखुलेसम्म अर्को क्लबमा अनुबन्ध गर्न अनुमति छैन।

पियर्स मोर्गनसँगको विस्फोटक अन्तर्वार्तापछि रोनाल्डो गत महिना म्यानचेस्टर युनाइटेडसँगको आफ्नो सम्झौता आपसी रूपमा समाप्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !