४ आश्विन २०८१, शुक्रबार

मन्जुरुी फाइनान्सले यस वर्ष सेयरधनीलाई लाभांश नदिने

प्रकाशित मिति :  18 December, 2022 12:29 pm


काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले पनि लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिैक वर्षको कुनै पनि प्रकारको मुनाफा सेयरधनीलाई वितरण गर्ने नगर्ने घोषणा गरेको छ ।

कम्पनीको पौष १ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को वित्तीय विवरण पारित गरेको छ । सोही बैठकले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

उक्त बैठकले आर्थिक वर्ष २०७८र७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण र अनुसूचीहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गर्नको लागि पेश गर्ने प्रस्ताव गरि राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाउने निर्णय गरेको छ।



प्रतिक्रिया दिनुहोस !