४ आश्विन २०८१, शुक्रबार

सहमतीय सरकार र मध्यावती चुनावको हल्ला नगर्न कांग्रेस नेताहरुलाई गगन थापाको आग्रह

प्रकाशित मिति :  5 April, 2020 3:46 pm


काठमाण्डौं, २३ चैत ।

नेपाली कांग्रेसका नेता गगन थापाले अनावश्यक रुपमा सहतीय सरकार र मध्यावती चुनावको हल्ला नगर्न कांग्रेस नेताहरुलाई आग्रह गरेका छन् ।

समाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेता थापाले यस्ता विषय बहसमा आइदिँदा सरकारी अजासुहरुलाई विषयान्तर गर्न बेकोरको खुराख मिलेको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्,‘कहिले सहमतिको सरकार कहिले मध्यावधि निर्वाचन लकडाउनमा बसिरहँदा यस्तो असम्भव र अनावश्यक विचार कसैको मनमा उब्जेका हुन भनेपनि मनमै ‘लक’ गरिदिनुहोस् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संकटका बेला सहमतीय सरकार र डा.प्रकाश शरण महतले मध्यावधि चुनावको कुरा उठाएपछि थापाको यस्तो टिप्पणी आएको हो । उनले भनेका छन्,‘ यस्ता विषय बहसमा आइदिँदा सरकारी आजसुहरुलाई विषयान्तर गर्न बेकारको खुराक मिल्ने भयो ।’



प्रतिक्रिया दिनुहोस !