४ आश्विन २०८१, शुक्रबार

सिके राउत जनमत पार्टीको संसदीय दलको नेतामा चयन

प्रकाशित मिति :  19 December, 2022 2:53 pm


काठमाडौंं । जनमत पार्टीले अध्यक्ष सीके राउतलाई संसदीय दलको नेता चयन गरेको छ । काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा आइतबार बसेको बैठकले अध्यक्ष राउतलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।

जनमत पार्टीले प्रतिनिधिसभामा ६ सिट जितेको छ । एक सिट प्रत्यक्षबाट जितेको उक्त पार्टीले पाँच सिट समानुपातिक प्रणालीबाट प्राप्त गरेको हो। पार्टी अध्यक्ष राउत प्रत्यक्षतर्फको निर्वाचनमा सप्तरी २ बाट निर्वाचित भएका हुन् ।

दलको नेता चयन गरे पनि जनमत पार्टीले उपनेता र प्रमुख सचेतक भने चयन गरेको छैन ।



प्रतिक्रिया दिनुहोस !