४ आश्विन २०८१, शुक्रबार

प्रतिनिधिसभाका सांसदको सपथ ग्रहण पुस ७ गते

प्रकाशित मिति :  19 December, 2022 3:37 pm


फाइल फोटो

काठमाडौं । प्रतिनिधिसभामा निर्वाचित सांसदहरूको सपथ ग्रहण पुस ७ गते तय भएको छ । मंसिर ४ गतेको निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभाका २७५ जना सांसदको सपथ ग्रहण पुस ७ गते दिउँसो १ बजे गर्ने तयारी भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

संसदको ज्येष्ठ सदस्यले २७४ सांसदहरूलाई सपथ गराउनेगरी तयारी भएको संसद सचिवालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेभित्र सरकार आह्वान गरेको अवस्थामा त्यसभन्दा पहिले नै सांसदहरूको शपथ हुन लागेको हो ।

नेपालको संविधान धारा ९१ उपधारा (५) तथा प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा ७५ बमोजिम संघीय संसद् तथा प्रतिनिधि सभाको अध्यक्षता जेष्ठ सदस्यले गर्ने व्यवस्था रहेको छ ।

सोही बमोजिम निर्वाचन आयोगबाट प्राप्त गरेको प्रतिनिधि सभा प्रमाणपत्र (सक्कल र प्रतिलिपि) र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि साथै २ प्रति पासपोर्ट साइजको फोटोसहित तोकिएको समयभन्दा २ घण्टा अगाडि नै उपस्थित हुन सचिवालयले आग्रह गरेको छ ।


साथै सचिवालयले सबै सांसदहरूलाई राष्टिय पोशाक वा आआफ्नो संस्कृति झल्किने पोशाकमा उपस्थित हुन अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !