११ कार्तिक २०८१, आइतबार

नेकपा एसको संसदीय दलको नेतामा माधव नेपाल चयन

प्रकाशित मिति :  19 December, 2022 4:22 pm


काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् । आज (सोमबार) बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले नेपाललाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

नेपाल रौटहट–१ बाट, पाण्डे धादिङ २ र ज्वाला सल्यानबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै बैठकले संसदीय दलको उपनेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको छ भने प्रमुख सचेतक प्रकाश ज्वालालाई चयन गरेको एक नेताले जानकारी दिए ।

प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ १० सिट जितेको नेकपा एसले थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन ।



प्रतिक्रिया दिनुहोस !