२ कार्तिक २०८१, शुक्रबार

विदेशबाट आएका र कोरोना संक्रमित व्यक्तिसँग भेटेको भए घरभित्रै बस्न सरकारको आग्रह

प्रकाशित मिति :  5 April, 2020 6:54 pm


काठमाण्डौं, २३ चैत । सरकारले विदेशबाट आएका र कोरोना संक्रमित व्यक्तिसँग भेटघाट गरेको भए दुई हप्ता घरमै बसिदिन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरर्गतको स्वास्थ्य आपकालीन तथा विपद व्यवस्थापन ईकाइले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । इकाईले घरमा बस्दा अन्य सदस्यसँग एक मिटरको दुरी कायम गर्न पनि आग्रह गरेको छ ।

इकाईको विज्ञप्तिमा भनिएको छ,‘गएको तीन हप्ताभित्र यदि तपाईं विदेशबाट फर्केको व्यक्तिसँग सम्पर्कमा आउनुभएको छ भने वा कोरोना भाइरस रोग लागेको व्यक्तिको सम्पर्कमा आउनुभएको छ भने, अबको दुई हप्तासम्म घरमा बसिदिन अनुरोध छ ।’

मन्त्रालयले ज्वरो,खोकी र स्वास फेर्न गाह्रो भएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्न पनि अनुरोध गरेको छ । मन्त्रालयले भनेको छ,‘तपाईंको सानो सहयोगले समुदायमा कोरोना भाईरस रोग फैलिनबाट रोक्न ठूलो मद्दत पुग्नेछ ।’



प्रतिक्रिया दिनुहोस !