कोरोनाका बिरामीले भरिँदै चीनका अस्पताल, चीनले दिएको तथ्याङ्कबारे डब्ल्यूएचओलाई शंका
काठमाडौं । विश्व स्वास्थ्य संगठनले चीनका अस्पताल कोरोनाका बिरामी भरिँदै गएको जनाएको छ ।
जेनेभामा एक साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओ प्रमुख टेड्रोस एड्हानोम गेब्रेयसस भने, “चीनमा विकसित भइरहेको अवस्थालाई ध्यानपूर्वक हेरिरहेका छौँ ।” कोभिड-१९ को नयाँ लहरको चिन्ताको बिचमा चीनका अस्पतालहरू भरिँदै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
चीन सरकारको तथ्याङ्कले बुधबार कोभिडबाट कसैको मृत्यु नभएको देखाएको छ तर चीनको दाबीभन्दा अवस्था फरक रहेको डब्लूएचओको भनाइ छ ।
डब्ल्यूएचओ चीनलाई भाइरसको पछिल्लो फैलावटको बारेमा थप जानकारी उपलब्ध गराउन आग्रह गरेको छ । रोगको गम्भीरता, अस्पताल भर्ना र गहन हेरचाह आवश्यकताहरूमा विशेष डेटाको लागि डब्ल्यूएचओ अपिल गरेको हो ।
चीनले आफ्नै खोपहरू विकास र उत्पादन गरेको छ, जुन विश्वका बाँकी भागहरूमा प्रयोग गरिने खोपहरूभन्दा कोभिडबाट मानिसहरूलाई बचाउन कम प्रभावकारी देखिएको छ।