ह्वाइट हाउस पुगेर जेलेन्स्की भने, ‘युक्रेन कहिल्यै आत्मसमर्पण गर्दैन’
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी कङ्ग्रेसको भरिभराउ संयुक्त सत्रलाई सम्बोधन गर्दै सबै प्रतिकूलताका विरुद्ध युक्रेन जीवित रहेको र लडाई गरिरहेको बताएका छन् ।
बारम्बारको ताली र उभिएर दर्साइएका सम्मानबीच जेलेन्स्कीले अमेरिकी जनता र कङ्ग्रेसलाई उनीहरूको सहयोगप्रति धन्यवाद दिए। संवोधनका क्रममा जेलेन्स्कीले युक्रेनले कहिल्यै आत्मसमर्पण नगर्ने बताए ।
आफ्नो देशको रक्षाको लागि समर्थनलाई निरन्तरता दिने उद्देश्यले कांग्रेसलाई भावपूर्ण सम्बोधन गर्दै, जेलेन्स्कीले युक्रेनले रुसलाई पराजित गर्ने प्रयासका लागि गत वर्षको दशौं अरब डलर अमेरिकी सैन्य र आर्थिक सहयोगलाई महत्त्वपूर्ण भने र भविष्यमा अझ बढीको लागि अपील गरे।
यसअघि बाइडनले युक्रेनका लागि व्यापक सहायताका रूपमा नयाँ वर्षमा झण्डै ४५ अर्ब डलरको सहायताको समेत बाचा गरे, जसलाई कङ्ग्रेसले स्वीकृति दिन बाँकी छ। बाइडनले जेलेन्स्कीलाई रुससँगको युद्धमा ूआवश्यक पर्दासम्मू अमेरिका युक्रेनसँग रहने बताए।
तिमी कहिल्यै एक्लै उभिनेछैनौँ ह्वाइटहाउसमा बाइडनले जेलेन्स्कीलाई भने।
जेलेन्स्की युक्रेनमा रुसले अतिक्रमण सुरु गरेपछि पहिलो विदेश भ्रमणका रूपमा अमेरिका पुगेका हुन्।