११ कार्तिक २०८१, आइतबार

सांसदहरूले सपथ ग्रहण गर्नु अगाडी सर्वदलीय बैठक बस्दै

प्रकाशित मिति :  22 December, 2022 1:03 pm


फाइल फोटो

काठमाडौंँ । नवनिर्वाचित सांसदहरूको शपथग्रहण अगाडी सर्वदलीय बैठक बसिरहेको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बसिरहेको छ ।

बैठक आरम्भ गर्न पाउँदा अत्यन्तै खुसी भएको भन्दै जबराले भने, ‘यो सुरूवातले ५ वर्ष कसरी चल्छ भनेर बसाउँछ । मुलुक संसदको बनावटबाट चल्छ । यो अवस्थाबाट मुलुकलाई सही दिशामा ल्याउन सकिन्छ । त्यसैले सबैलाई एकजुट बनाएर अगाडि बढाउनुपर्छ ।’

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एकरएकजना प्रतिनिधि र ५ जना स्वतन्त्र सांसदहरू सहभागी भएका छन् ।



प्रतिक्रिया दिनुहोस !