११ कार्तिक २०८१, आइतबार

आगामी नयाँ सरकार गठबन्धनकै बन्ने प्रचण्डकाे दाबी

प्रकाशित मिति :  22 December, 2022 2:48 pm


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी नयाँ सरकार गठबन्धनको बन्ने दाबी गरेका छन् ।

संघीय संसद् भवनमा आयोजित शपथ ग्रहण समारोहपछि संचारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले नयाँ बन्ने सरकारको प्रधानमन्त्रीबारे गठबन्धनका सल्लाह भइरहेको प्रचण्डले जानकारी दिए ।

उनले भने,“सबै प्रक्रिया सहज ढंगले अघि बढेको छ। निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भयो । आज सपथ ग्रहण पनि सफलतापूर्वक सम्पन्न भयो। अब सरकार पनि त्यसैगरी गठन हुन्छ। सरकार यही गठबन्धनको बन्छ।”



प्रतिक्रिया दिनुहोस !