११ कार्तिक २०८१, आइतबार

सपथ ग्रहणमा ४ जना सांसद अनुपस्थित

प्रकाशित मिति :  22 December, 2022 2:55 pm


काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिँदा ४ जना सांसद भने अनुपस्थित भएका छन् । बिहीबार (आज) भएको सपथ ग्रहण कार्यक्रममा महिन्द्र राय यादव, प्रेमबहादुर आले, माया राई र राजकुमार राई अनुपस्थिति भएको संसद सचिवालयले जनाएको छ ।

चार जना सांसद मध्ये प्रेमबहादुर आलेको आमाको निधन भएका कारण अनुपस्थित भएका हुन् भने माया राई सुत्केरी भएका कारण अनुपस्थित भएकी हुन् ।

त्यस्तै रामकुमार राई भने जिल्लामा नै रहेको मौसम खराबीका कारण समयमा उडान हुन नसकेपछि सपथ ग्रहणमा उपस्थित हुन नसकेको जानकारी दिए ।

उनीहरु चारै जना सांसदको शपथ पछि संसद सचिवालयले जनाएको छ । संसदमा उपस्थित २७१ जना सांसद लाई ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले शपथ गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस !