४ आश्विन २०८१, शुक्रबार

मुख्यमन्त्री पोख्रेलको निर्देशन,‘राहत वितरण गर्दा दातालाई सहभागि नगराउनुहोला’

प्रकाशित मिति :  6 April, 2020 8:10 am


काठमाडौं, २४ चैत ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले रहत वितरण गर्दा दातालाई सहभागि नगराउन स्थानीय निकायलाई निर्देशन दिएका छन् ।

आउने राहत संकलन गर्न र वितरण गर्दा दातालाई संलग्न नगराउन उनले निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री पोख्रेलले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्,‘दाताले प्रदान गर्ने राहत पालिका र वडा कार्यालयले संकलन गर्ने व्यवस्था मिलाउनु होला । तर, राहत वितरण गर्दा कुनै पनि दातालाई सहभागि नवनाउनु होला ।’

मुख्यमन्त्री पोख्रेलले तराईका कतिपय पालिका र वडाहरुले राहत वितरण गर्दा भिडभाड देखिएको भन्दै सामाजिक दुरी कायम गराउन भनेका छन् ।

भिडभाड हुने देखिएको ठाँउमा ठाँउमा टोल संस्था मार्फत वितरणको व्यवस्था मिलाउन मुख्यमन्त्री पोख्रेलको आग्रह छ ।
राहत पाउन योग्य परिवारको पहिचान गरी सामाजिक दुरी कायम गरेर मात्र राहत वितरण गर्न गराउन पनि उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस !