चार्ल्स शोभराजलाई आज अध्यागमन बुझाउने तयारी
काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि बिहिबार रिहा भएका ‘सिरियल किलर’ चार्ल्स शोभराजलाई आज मात्रै अध्यागमन बुझाउने भएको छ । उनललाई फेरि नेपाल आउन नपाउने गरी फ्रान्स पठाउने तयारी गरिएको हाे ।
केन्द्रीय कारागारमा रहेका उनलाई आज कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाउने तयारी छ । कारागार स्रोतका अनुसार उनलाई आज १० बजेपछि अध्यागमन विभागमा बुझाउने तयारी गरिएको हो।
१९ वर्षदेखि कैद सजाय काटिरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई (बुधबार) छोड्न र १५ दिनभित्र देश फर्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएपछि उनी बुधबार कैदमूक्त भएका हुन।
शोभराजले ४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्या गरेको अभियोगमा १९ वर्षदेखि कैद काटिरहेका छन्। १९ वर्ष जेलमा बसिसकेको, मुटुरोगी भएको र ७८ वर्षका वृद्ध भइसकेको र मानवअधिकारको मापदण्ड विपरित कैदभित्र पनि एकान्तवासमा राखिएको भन्दै अदालतले छोड्न आदेश दिएको थियाे ।