२७ पुस २०८१, शनिबार

साधना लघुवित्तले गयो लाभांश घोषणा, बोनस सेयर कति ?

प्रकाशित मिति :  23 December, 2022 12:39 pm


काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

हिजो पौष ७ गते, बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !