९ मंसिर २०८१, आइतबार

कोरोनाको नयाँ स्वरुप फैलिएसँगै मास्कको प्रयोग गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

प्रकाशित मिति :  23 December, 2022 12:41 pm


काठमाडौं । चीन लगायत केही देशहरुमा कोरोना संक्रमणको नयाँ स्वरुपमा फैलिन थालेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम रहेको भन्दै मास्क प्रयोग गर्न आग्रह गरेको छ।

मन्‍त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले विश्वको केही देशमा संक्रमण फरक स्वरूपमा फैलिएको र जोखिम देखिएकोले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सबैमा मास्कको प्रयोग गर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको छ ।

कोभिड १९ को संक्रमणको जोखिम फरक स्वरुपमा देखिएकाले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबैमा मास्कको प्रयोग गर्नु हुन, एक अर्कामा भौतिक दुरी कायम राख्नु हुन र व्यक्तिगत हातकाृ सरसफार्इमा वशिेष्ता ध्यान दिनुहुन हार्दिक अनुरोध छ । मन्त्रालयको जारी विज्ञप्तिमा भनिएको छ ।

छिमेकी मुलुकहरूमा देखिएको बिएफ ७ भने नेपालमा हालसम्म पुष्टि नभएको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !