११ कार्तिक २०८१, आइतबार

बाग्मती प्रदेश प्रमुख राजेन्द्र पाण्डेले दिए राजीनामा

प्रकाशित मिति :  23 December, 2022 4:43 pm


काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा दिएका छन् । शुक्रबार प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र दिएका पाण्डे अहिले कामचलाउ मुख्यमन्त्रीको रुपमा रहेको वाग्मती प्रदेश प्रमुख कार्यालय हेटौडाले जनाएको छ ।

धादिङबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका पाण्डे प्रदेशको बहालवाला मुख्यमन्त्री रहेकै अवस्थामा बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए ।

बागमती प्रदेशका मुख्यमन्त्री रहकै अवस्थामा संघीय संसदमा निर्वाचिन भएर शपथ लिएको भन्दै राजनीतिक वृत्तमा पाण्डेको आलोचना समेत भएको थियो ।

नेकपा एकीकृत समाजवादीका पाण्डे प्रदेशसभाको पहिलो कार्यकालमा तेस्रो मुख्यमन्त्रीको रुपमा २०७८ कात्तिक ११ गते जिम्मेवारी सम्हालेका थिए ।



प्रतिक्रिया दिनुहोस !