११ कार्तिक २०८१, आइतबार

प्रचण्डको प्रधानमन्त्री हुने चाहना पुरा नहुने ओलीको दाबी

प्रकाशित मिति :  24 December, 2022 3:52 pm


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फेरी प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गरेका छन् ।

प्रधानमन्त्रीका लागि अध्यक्ष प्रचण्डले दाबिसहित छलफल सुरु गरिरहेका बेला ओलीको यस्तो प्रतिक्रिया आएको हो ।

एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रचण्डको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूले देखेको टिप्पणी गरे ।

प्रधानमन्त्री हुने प्रचण्डको सम्भावना समयले नै समाप्त पारि दिएको ओलीको तर्क छ ।

मध्यावधि निर्वाचनको आशंका

अध्यक्ष ओलीले समयमा सही कदम नचाले देश फेरिपनि मध्यावधि निर्वाचनतर्फ धकेलिन सम्भावना रहेको बताए । ओलीले भने,“ कतिपय जो इच्छा गरिरहेका छन् । पुष्पकमल दाहालजी, जो प्रधानमन्त्रीको ईच्छा गरिरहनुभएको छ । तर उहाँले मलाई लाग्छ–ढिलो गर्नुभयो । निर्णय गर्न ढिलो गर्नुभयो ।”

अध्यक्ष ओलीले सत्तारुढ दलहरुबीचको स्वार्थले मुलुक कमजोर बन्ने अवस्थामा पुगेको उल्लेख गर्दै एमालेलाई सिध्याउँछु भन्ने तत्वहरू आफैँ समाप्त भएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस !