११ कार्तिक २०८१, आइतबार

ओलीलाई भेट्न बालकोट पुगे लामिछाने

प्रकाशित मिति :  25 December, 2022 2:12 pm


तस्बिर सौजन्य : सामाजिक सञ्जाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् ।

एमाले नेताहरू माओवादीसँगको सम्भावित गठबन्धनको प्रयासमा लागिरहेका बेला लामिछाने बालकोट पुगेका हुन् । लामिछानेको दलसँग २० जना सांसद छन् ।

सत्ता गठबन्धनको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा आफ्ना अडान नछाडेपछि सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आइतबार साँझ ५ बजेसम्मको समयसीमा दिएकी छन् ।



प्रतिक्रिया दिनुहोस !