११ कार्तिक २०८१, आइतबार

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथग्रहण आज

प्रकाशित मिति :  26 December, 2022 7:47 am


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शपथग्रहण गर्ने भएका छन् ।

तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भणडारीले आज अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथ खुवाउने छिन् ।

आइतबार प्रचण्डले प्रधानमन्त्रीका लागि प्रतिनिधिसभाका १६९ जना सदस्यको समर्थनसहितको दाबी पेश गरेका थिए । सोही दिन राष्ट्रपति भण्डारीले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । प्रचण्डलाई नेकपा एमाले लगायत विभिन्न दलको समर्थन रहेको छ ।



प्रतिक्रिया दिनुहोस !