२७ पुस २०८१, शनिबार

आँधिखोला लघुवित्तले गर्‍यो ३० प्रतिशत बोनस सेयर दिने घोषणा

प्रकाशित मिति :  26 December, 2022 12:15 pm


काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ३१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

पुस ८ गते बसेको कम्पनी संचालक समितिको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको ३१.५८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

त्यसमध्ये ३० प्रतिशतको दरले बोनस सेयर र कर प्रयोजनार्थ १.५८ प्रतिशत नगद वितरण गर्ने घोषणा गरेको हो।

राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।



प्रतिक्रिया दिनुहोस !