११ कार्तिक २०८१, आइतबार

अपरान्ह ४ बजे प्रधानमन्त्रीकाे सपथ, आजै मन्त्रिमण्डल गठन हुने

प्रकाशित मिति :  26 December, 2022 2:14 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएपछि आजै सानो आकारको मन्त्रिमण्डल बनाउने नेकपा (माओवादी केन्द्र) ले निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले मन्त्रिपरिषद्मा पार्टीका तर्फबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई सहभागी गराउने निर्णय गरेको हो ।

श्रेष्ठले सम्हाल्ने मन्त्रालयका बारेमा टुङ्गो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

आज अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री दाहालको शपथ कार्यक्रम राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !