११ कार्तिक २०८१, आइतबार

प्रधानमन्त्री दाहालसँगै तीन उपप्रधानमन्त्रीले सपथ ग्रहण गर्दै

प्रकाशित मिति :  26 December, 2022 3:23 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग तीन उपप्रधानमन्त्रीले शपथ ग्रहण गर्ने भएका छन् ।

नेकपा एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले उपप्रधानमन्त्रीको शपथ लिने निश्चित भएको स्रोतले बताएको छ ।

एमालेका पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको जिम्मेवारी पाउने निश्ति भएको छ भने, राष्टिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी पाउने निश्चित भएको छ ।

त्यस्तै माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठको मन्त्रालय नटुंगिएको स्रोतले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !