११ कार्तिक २०८१, आइतबार

जनमत पार्टीको भागमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, मन्त्रीमा वरिष्ठ उपाध्यक्ष अब्दुल खान

प्रकाशित मिति :  26 December, 2022 3:34 pm


काठमाडौं । जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा पार्टीका बरिष्ठ उपाध्यक्ष अब्दुल खानलाई पठाउने भएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको सत्तारुढ गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो पार्टीको भागमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको बताए ।

उनले सो मन्त्रालयमा पार्टीका बरिष्ठ उपाध्यक्ष अब्दुल खानलाई पठाउने निर्णय समेत गरिसकेको जानकारी दिए । अध्यक्ष राउतले आफू मन्त्रीको लागि योग्य नभएको भन्दै पार्टीले योग्य व्यक्तिलाई छानेर सरकारमा पठाएको दाबी गरे ।

उनले भने,“हाम्रो पार्टीको तर्फबाट हाम्रो बरिष्ठ उपाध्यक्ष अब्दुल खान जी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा जाँदै हुनुहुन्छ । त्यो निर्णय पार्टीबाट भएको छ । म चाहीँ हेर्नुस् खासमा भन्ने हो भनेदेखि म सांसदको लागि पनि त्यति योग्य मान्छे होइन, मन्त्रीको त परको कुरा भयो ।”



प्रतिक्रिया दिनुहोस !