११ कार्तिक २०८१, आइतबार

नेपाली कांग्रेस लुम्बिनीले भन्यो‘नेतृत्वकाे कमजाेरीले उपलब्धी गुम्याे’

प्रकाशित मिति :  26 December, 2022 4:42 pm


रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्य सम्पादन समितिको बैठकले नेतृत्वको अदुरदर्शीताका कारण निर्वाचनबाट प्राप्त उपलब्धी गुमेको ठहर गरेकाे छ ।

बैठकले नेतृत्वको अदुरदर्शिताका कारण राष्ट्रको बागदोर समाल्ने अवसरबाट बन्चित भएको कांग्रेस लुम्बिनीको ठहर गरेको हो ।

प्रदेश सभापति अमरसिंह पुनले जनताको दिएको म्यान्डेट र भावना बमोजिम अहिले नेतृत्व चल्न नसकेको बताए । उनले अहिलेको सरकार जनादेश विपरीत बनेको र यसले नागरिकको आकांक्षा पुरा गर्न नसक्ने पनि दाबी गरेका छन् ।

बैठकले पार्टी सहमहामन्त्री विष्णु मुस्कान संयोजक रहने गरि महेन्द्र पाण्डे र रिना नेपाल सदस्य रहेको संसदीय दलको विधान निर्माण उपसमिति बनाएको छ ।

प्रदेश संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचनका लागि सहमहामन्त्री खगराज पाण्डेको नेतृत्वमा विष्णु कुमारी सापकोटा र देवनारायण चौधरी सदस्य रहेको उपसमिति पनि निर्माण गरेको छ ।

संसदीय दलको निर्वाचन सपथ ग्रहण लगतै तय हुने लुम्बिनी कांग्रेसले जनाएको छ ि



प्रतिक्रिया दिनुहोस !