११ कार्तिक २०८१, आइतबार

प्रधानमन्त्री पुष्पकमल दाहाल सहित ३ उपप्रधानमन्त्रीले लिए सपथ

प्रकाशित मिति :  26 December, 2022 4:49 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री प्रचण्डले शपथ लिएका हुन् ।

उपप्रधानमन्त्री नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछानेले सपथ ग्रहण गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । जसमध्ये ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार पछि तोकिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !