११ कार्तिक २०८१, आइतबार

८ सदस्यीय मन्त्रीपरिष्द गठन

प्रकाशित मिति :  26 December, 2022 5:29 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका छन्। आइतबार मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन्

मन्त्रिपरिषदमा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले सम्हाल्ने भएका छन् ।

यस्तै, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रूपमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा रवि लामिछाने हुनुहुन्छ । अर्थमन्त्री पौडेलले यसअघि पनि अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नेता श्रेष्ठले यसअघि पनि परराष्ट्रमन्त्री र गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

उपप्रधान एवं गृहमन्त्रीको जिम्मेवारी सम्हाल्हेका लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष छन् ।

यस्तै, मन्त्रीहरू ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खान पनि मन्त्रिपरिषद्मा सहभागी छन् । उनीहरूको जिम्मेवारी तोकिएको छैन ।



प्रतिक्रिया दिनुहोस !