११ कार्तिक २०८१, आइतबार

काठमाडौंमा डेरा खोज्दै सिके राउत

प्रकाशित मिति :  27 December, 2022 10:14 am


काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत ‘सिके’ काठमाडौंमा डेरा खोज्न थालेका छन् ।

काठमाडौंमा कोठा पाउनै गाह्रो भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आज पनि आफू कोठा खोज्न जान लागेको बताएका छन्।

मंसिरमा भएको संसदीय निर्वाचनमा राउत नेतृत्वको दलले ६ सिट (एक प्रत्यक्ष र पाँच समानुपातिक) जित हाँसिल गरेकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ ।

सत्ता गठबन्धनमा जोडिएका राउतले आफू काठमाडौंमा घररडेरा खोजिरहेको सामाजिक सञ्जालमार्फत जनाएका हुन् । ‘काठमाडौं बस्न डेरारघर खोज्नै गाह्रो, आज पनि जाँदै छु,’ उनले ट्विट गरेका छन् ।

उनले घ्याम्पेडाँडास्थित पाइलट बाबा आश्रमको फोटो समावेश गर्दै अगाडि भनेका छन्, ‘यस्तै डाँडाकाँडातिर बसौँ बसौँ लाग्ने ।’



प्रतिक्रिया दिनुहोस !