११ कार्तिक २०८१, आइतबार

डा. दिनमणि पोख्रेल महान्याधिवक्तामा नियुक्त, आजै सपथ ग्रहण गर्ने तयारी

प्रकाशित मिति :  27 December, 2022 1:13 pm


काठमाडौं । सरकारको प्रमुख कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त हुने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोख्रेललाई महान्यायाधिवक्तामा सिफारिस गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । पोखरेललाई आजै शीतलनिवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी रहेकाे स्रोतले जनाएको छ।

संवैधानिक कानुनका जानकार पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !