११ कार्तिक २०८१, आइतबार

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बालुवाटार छोड्दै, धुम्बाराही स्थित भाडाको घरमा सर्ने

प्रकाशित मिति :  27 December, 2022 3:10 pm


काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भोलि सरकारी निवास बालुवाटार छोड्ने भएका छन् । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि उनी भोलि (बुधबार) धुम्बाराहीस्थित भाडाको घरमा सर्न लागेका हुन् ।

बुढानीलकण्ठस्थित देउवाको निवासमा हाल निर्माण कार्य भइरहेकाले उनी भाडाको घरमा सर्न लागेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

उनका अनुसार देउवाले सरकारी निवास बुधबार बिहान छाड्दैछन् । ‘बुढानीलकण्ठको घर निर्माण सकिन ३र४ महिना लाग्ने हुनाले तत्काल निजी निवासमा सर्न अहिले सम्भव छैन । त्यसैले अहिलेका लागि भाडाको घरमा बस्न लागेका हुन् ।

१० पुसमा नै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पदमुक्त भएका थिए । तर उनको बुढानिलकण्ठस्थित निजी निवासमा जान नमिल्ने र भाडाको घर खोज्दा समय लाग्दा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार जान पाएका छैनन् ।



प्रतिक्रिया दिनुहोस !