११ कार्तिक २०८१, आइतबार

नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृहमन्त्रालयको निर्देशन

प्रकाशित मिति :  27 December, 2022 3:21 pm


काठमाडौं । गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न ४८ घण्टाभित्र मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ । राष्टिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने गृहमन्त्री नियुक्त भएको भोलिपल्ट (आज) मन्त्रालयले उक्त निर्णय गरेको हो ।

मंगलबार मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गरी ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ को व्यवस्था भन्दा विपरीत सेवा सुविधा लिएको र व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएका हुन् ।

साथै बहालवाला तथा पूर्व कर्मचारीरसुरक्षाकर्मीहरुले कार्यविधिमा तोकिएअनुसार मात्र व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !