११ कार्तिक २०८१, आइतबार

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पुस २२ गते बस्ने

प्रकाशित मिति :  27 December, 2022 5:28 pm


काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस २२ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को समीक्षा र समसामयिक राजनीतिका सन्दर्भमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिनिधि सभामा सबैभन्दा बढी ८९ सिटमा विजयी भएर काँग्रेस सङ्घीय संसदको ठुलो दल बनेको छ ।



प्रतिक्रिया दिनुहोस !